समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार तीन सहकारीका ३७८ साना बचतकर्तालाई बचत फिर्ता गरेको छ। कान्तिपुर सहकारीका २१५, शिवशिखरका १५६ र पशुपति सहकारीका ७ जनाले रकम पाएका हुन्। समितिका अनुसार साना बचतकर्ताबाट फिर्ता प्रक्रिया सुरु गरिएको हो। करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने र ऋण असुली कार्य पनि तीव्र पारिएको छ।

