नेप्से १३.८५ अंक घट्दा बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ।
बिहीबार सेयर बजार परिसूचक नेप्से १३.८५ अंक घटेर २ हजार ५३१ अंकमा झरेको छ। अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो। कारोबार रकम ४ अर्ब १९ करोडबाट घटेर ३ अर्ब ९९ करोडमा सीमित भयो। ६९ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनी घटे। लिबर्टी इनर्जी १५ प्रतिशत बढ्दा सिन्धु विकास बैंक १५ प्रतिशत घट्यो।

