ग्यास व्यवस्थापन र उद्योगी–कर्मचारीप्रतिको अभिव्यक्तिलाई लिएर विवादमा रहेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा दिएकी छन्। काठमाडौँमा खाना पकाउने ग्यास व्यवस्थापनमा समस्या देखिएपछि उद्योगी र कर्मचारीप्रति मन्त्री यादवले सार्वजनिक असन्तुष्टि जनाउँदै आएकी थिइन्। ५८ ग्यास उद्योगमाथि पुनर्विचार गर्नुपर्ने र कर्मचारीतन्त्र हाबी भएको उनको अभिव्यक्तिले विवाद बढाएको थियो। महासंघले उनको अभिव्यक्ति फिर्ता लिन र उद्योगीसँग माफी माग्न आग्रह गरेको थियो।

