नेपाल महिला क्रिकेट टोली लगातार दोस्रो जितसहित एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ। इन्डोनेसियाविरुद्ध ४ विकेटको जित निकाल्दै नेपालले समूह चरण सफलतापूर्वक टुंग्यायो। कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाइन्। नेपालले ११४ रनको लक्ष्य तीन बल बाँकी रहँदा पूरा गरेको हो। अब सेमिफाइनलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

