मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट नेप्से ३० अंक घटेर २६२१ बिन्दुमा झरेको छ। कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ पुगे पनि अधिकांश कम्पनीको सेयर मूल्य घट्यो। सेयर धितो कर्जाको सीमा संस्थाको सबलताका आधारमा निर्धारण गर्ने व्यवस्थाले लगानीकर्ता निराश बनेका छन्। असार मसान्तमा बैंकको किस्ता भुक्तानीको दबाबले पनि बजारमा बिक्री चाप बढेको विश्लेषण गरिएको छ।

