सेयर बजार बिहीबार पनि सकारात्मक रहँदा नेप्से ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको छ। ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको दिन १२१ कम्पनीको सेयर मूल्य बढ्यो भने १५१ कम्पनीको घट्यो। कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी अग्रस्थानमा रह्यो भने एनआईबीएलजीएफ ग्रोथ फण्डसहित तीन कम्पनीको मूल्य १४ प्रतिशतभन्दा बढीले बढ्यो।

