त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका अतुल कुमार मिश्र र बाराका अब्दुल सानी हाकिम छन्। यसअघि दुई जना पक्राउ परिसकेका थिए। अब यो प्रकरणमा पक्राउ पर्ने संख्या चार पुगेको छ। उनीहरूमाथि शिक्षा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


