लगातार दोस्रो कारोबार दिन नेप्से ४.६४ अंक घटेर २,६९६.६७ विन्दुमा झरेको छ। कारोबार रकम पनि घटेर ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित रह्यो। ९९ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घट्यो। एभरेस्ट कलरको सेयर १५ प्रतिशतले बढ्दा सेन्ट्रल फाइनान्स, रिडी पावर, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र रिलायन्स स्पिनिङ मिल्समा उच्च कारोबार भयो।

