बिहीबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। बजारमा १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको घटेको र १९ कम्पनीको स्थिर रहेको छ। यस दिन ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ।


