रसुवाको भोटेकोसीमा आएको बाढीमा सात जनाको मृत्यु भएको छ। बुधबार मध्याह्नसम्म नुवाकोटको नदी किनारमा तीन र धादिङमा चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढीबाट प्रभावित तथा पहाडतर्फ भागेकाहरूको उद्धार गरी धुन्चे लगिँदैछ। घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि धुन्चे अस्पताल पुर्याइएको छ भने आवश्यक परे काठमाडौँ लैजाने तयारी गरिएको छ। हराइरहेकाहरूको खोजीकार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।


