बैंक तथा वित्तीय संस्थामा अब ग्राहकले अनलाइनबाट अधिकतम ५ लाखसम्मको कारोबार मात्र गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार ५ लाखभन्दा बढी रकम भुक्तानी, निक्षेप वा अन्य वित्तीय कारोबारका लागि चेक अनिवार्य गरिएको छ। पहिले १० लाखसम्म चेकबिना कारोबार गर्न पाइन्थ्यो। विशेष कारण देखाएमा मात्रै नगदमा अधिक रकम भुक्तानी गर्न सकिने व्यवस्था छ।
