स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। बिमा कार्यक्रम सञ्चालनमा सरकारको सहयोग नपाएको भन्दै उनले स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन्। अस्पताललाई ११ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेपछि समस्या बढेको छ। भुक्तानी नपाउँदा ठूला सरकारी अस्पतालले बिमा सेवा बन्द गर्न थालेका छन्।


