राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्ने संकेतसँगै सोमबार सेयर बजारमा तीव्र उत्साह देखिएको छ। बजार ६ प्रतिशत बढेर समयअगावै बन्द भयो। पहिलो मिनेटमै ४ प्रतिशत बढेपछि कारोबार रोकिएको बजार पुनः खुलेपछि क्रमशः ५ र ६ प्रतिशत पुगेपछि बन्द भयो। १६२.९३ अंक बढेर सूचक २८७५.४३ पुग्दा २५२ कम्पनी बढे भने रिलायन्स स्पिनिङ मिल्स मात्रै घट्यो।

