अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक त्रासबाट जोगिन आग्रह गरेका छन्। सरकारले लगानीकर्तामाथि कारबाही नगर्ने र अनैतिक कार्य गर्नेमात्र कानुनअनुसार कारबाही हुने बताए। सेयर बजार पारदर्शी र व्यवस्थित भएको र डिजिटलाइजेशन नमूना क्षेत्र बनेको उनले उल्लेख गरे। बजार सुधार र नेप्से पुनर्संरचना प्रतिवेदन अनुसार सुधार अघि बढ्ने उनले स्पष्ट पारे।

