काठमाडौं उपत्यकामा बस्ती हटाएपछि सुकुम्वासीहरू दर्ताका लागि सम्पर्कमा आउन थालेका छन्। दशरथ रंगशालामा विवरण संकलन भइरहेको छ। थापाथली, गैरीगाउँ र मनोहराबाट ४३२ परिवार सम्पर्कमा आएका छन्। केहीलाई आश्रय र स्वास्थ्य सेवा दिइएको छ। सबैले सरकारी सेल्टर नस्वीकार्दा आवतजावत जारी छ। वास्तविक सुकुम्वासी पहिचान गरी व्यवस्थापन र जग्गा वितरण गर्ने योजना सरकारले अघि बढाएको छ।

