प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त उद्योगमन्त्री पदमा सांसद दीपककुमार साहलाई सिफारिस गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सुनसरी–४ बाट निर्वाचित सांसद दीपककुमार साहलाई सिफारिस गरेका छन्। गौरीकुमारी यादवले बिहीबार मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा साहलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार साहको बिहीबार साँझ नै शपथ गराउने तयारी छ।

