सरकारले जेनजी आन्दोलनका सहिद परिवार र गम्भीर घाइतेलाई स्वरोजगारका लागि २० लाखसम्मका सवारीसाधनमा पूर्ण कर छुट दिने निर्णय गरेको छ।
सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर घाइतेलाई स्वरोजगारका लागि अधिकतम २० लाख रुपैयाँ मूल्यका सवारीसाधन खरिदमा शतप्रतिशत कर छुट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ का लागि सुविधा लागू हुने जनाएको छ। पेट्रोल–डिजेल तथा विद्युतीय सवारीसाधनमा छुट दिइए पनि केही विशेष प्रकारका गाडीलाई भने सुविधा नदिइने स्पष्ट गरिएको छ।
Tags:
#छोटोखबर #जेनजीआन्दोलन #सहिदपरिवार #घाइते #करछुट #सवारीसाधन #स्वरोजगार #अर्थमन्त्रालय #विद्युतीयसवारी #नेपालसरकार


