साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.६६ अंक अर्थात् ०.१८ प्रतिशतले बढेर २५४२.७७ विन्दुमा पुगेको छ। यस दिन ३४६ कम्पनीका १ करोड २१ लाखभन्दा बढी कित्ता सेयर ४० हजार ६९२ पटक कारोबार हुँदा कुल कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ। १४५ कम्पनीको मूल्य बढ्दा १२३ कम्पनीको घटेको छ।


