जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखि शनिबारसम्म मधेसबाहेक देशका अधिकांश प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने जनाइएको छ। लुम्बिनी र गण्डकीमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।


