साताको तेस्रो दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढ्दै १२ अर्ब रुपैयाँ नाघेको छ। ३४० कम्पनीमध्ये १३२ को मूल्य बढ्दा ११३ घटेका छन्। हाइड्रोपावर समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ। केही कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

