त्रिशूली थ्री-ए आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि टोलीले हावा पठाउन पाँच वटा प्वाल बनाएको छ। नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र सुरुङ विज्ञको टोलीले सुरुङभित्र पुग्ने प्रयास गरिरहेको छ। करिब ४०–४२ जना प्राविधिक सुरुङमा फसेको अनुमान छ। पाँच दिनसम्म उद्धार सफल नभएपछि उनीहरूको अवस्थाबारे चिन्ता बढेको छ।


