आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि जेठ ४, ५ र ६ गते प्रतिनिधिसभामा छलफल हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले दलीय प्रतिनिधित्वका आधारमा छलफलको समय निर्धारण गरेका हुन् । छलफलमा भाग लिने सांसदको नाम जेठ ४ गते बैठकअघि बुझाउन भनिएको छ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।


