प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आपराधिक घटनाहरू प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा रहने भएकाले दशकौँ पुराना घटनाका दोषीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्। पुराना जघन्य अपराधको विशेष टोली र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत अनुसन्धान भइरहेको उनले बताए। प्रविधिजन्य अपराध बढ्दै गएकाले आधुनिक अनुसन्धान प्रणाली, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय समन्वयलाई प्राथमिकता दिइएको उनको भनाइ छ।


