नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। नयाँ मूल्यसूची अनुसार काठमाडौंमा अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १८२ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य बिहीबार रातिदेखि लागू हुनेछ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र आईओसीबाट उच्च खरिद दरका कारण निर्णय गरिएको हो। मूल्य बढाउँदा पनि निगम घाटामै रहेको र आपूर्ति सहज राख्न बाध्य भएर समायोजन गरिएको जनाएको छ।


