भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले करिब ६ हजार निजी घर बगाएको सरकारले प्रारम्भिक अनुमान गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार निजी आवासतर्फ करिब १२ अर्ब रुपैयाँको क्षति भएको अनुमान छ। बाढीले ४५ सरकारी तथा सार्वजनिक भवनमा समेत क्षति पुर्याएको छ। अस्थायी आवास निर्माणका लागि करिब ९० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।


