कानूनमन्त्री सोविता गौतमले रसुवा बाढीपछि फेला परेका पहिचान नखुलेका शवको सामूहिक दाहसंस्कार नगरिने बताएकी छन्। भविष्यमा डीएनए तथा वैज्ञानिक प्रमाणबाट पहिचान खुल्न सक्ने भएकाले शवलाई अस्थायी समाधिमा राखिएको उनले जानकारी दिइन्। प्रत्येक शवको छुट्टै पहिचान कोड, फोटो, सामग्री तथा फोरेन्सिक/डीएनए नमुना सुरक्षित राखिएको छ।


