देशभर मनसुनी प्रभाव कायम रहेकाले आज पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। कोसी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। मधेस, कोसी र वाग्मतीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।


