नेपाल आयल निगमले अनुसार देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको बताएको छ। दैनिक औसत ९० बुलेट माग भए पनि हाल १ सय १८–१३२ बुलेट ग्यास लोडिङ भइरहेको निगमको भनाइ छ। निगमले उपभोक्तालाई अनावश्यक सिलिन्डर स्टक नगर्न र ढुक्क हुन आग्रह गर्दै, आगामी चुनाव अवधिभर पनि नियमित आपूर्ति सुनिश्चित हुने दाबी गरेको छ।

