सेयर बजार सोमबार पनि घट्दै लगातार छैटौँ कारोबार दिन ओरालो लागेको छ। नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा पुगेको छ। २९ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको घट्यो। कुल २ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। टक्सार पिखुवा खोला, याम्बालिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्तको सेयर सकारात्मक सर्किटमा कारोबार भयो।


