बुधबार सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० डलर नाघेपछि नेपालमा पनि असर परेको हो। चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर ५ हजार ९ सय २० पुगेको छ।


