अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थिति पत्र सार्वजनिक गरेको छ। यसमा आगामी वर्षदेखि औसत ७ प्रतिशत आर्थिक वृद्धि र ५–७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्ने लक्ष्य राखिएको छ। अर्थतन्त्रलाई १०० अर्ब डलर नजिक पुर्याउने योजना छ। १५ हजार मेगावाट विद्युत उत्पादन र पूर्वाधार विकासमार्फत समृद्धि हासिल गर्ने लक्ष्य उल्लेख गरिएको छ।


