नेपाल आयल निगमले इन्धन खपत घटाउन उपभोक्तालाई आग्रह गरेको छ। सप्ताहन्तमा अनावश्यक यात्रा नगर्न र इन्धन बचत गर्न आग्रह गरिएको हो। निगमका अनुसार पेट्रोल, डिजेल र एलपी ग्यासमा ठूलो घाटा भइरहेको छ। प्रवक्ता मनोज ठाकुरले इन्धन बचतमा जनताको सहयोग आवश्यक रहेको बताए। कम खपतले निगमको आर्थिक भार घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

