नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार ३८.५२ अंक बढेर २७१२ बिन्दुमा पुगेको छ। निर्वाचनअघि सेयर बजारमा उत्साह देखिएको छ र फागुन १० यता नेप्से करिब ९८ अंक बढेको छ। कारोबार रकम पनि ६ अर्ब २३ करोड पुगेको छ। व्यापारबाहेक सबै समूहगत सूचक बढेका छन्। केही जलविद्युत् र लघुवित्त कम्पनीको मूल्य उच्च दरले बढेको छ।

