खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा बुधबार दिउँसो एयर डाइनेस्टीको चार्टर्ड ‘९-एनएफक्यू’ हेलिकप्टर अवतरण गर्दा भित्तामा ठोक्किएको छ। हेलिकप्टरमा चालकसहित ६ जना सवार थिए। एक यात्री काजीबहादुर राई घाइते भएका छन् भने अन्य पाँच जना सकुशल छन्। हावाको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घाइतेको उपचारका लागि हेलिकप्टर पठाइँदैछ।

