राष्ट्रिय तथ्यांक कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ अभियानअन्तर्गत देशभर स्थलगत तथ्यांक संकलन जारी राखेको छ। २ वैशाखदेखि सुरु भएको गणनामा ३ हजार ९०६ गणक परिचालित छन्। हालसम्म १२ लाख ९८ हजारभन्दा बढी प्रतिष्ठानबाट विवरण संकलन भएको छ। छुटेका व्यवसायलाई असार ७ भित्र सम्बन्धित कार्यालय वा टोल फ्री नम्बर ११७८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।


