रसुवास्थित भोटेकोसीमा आएको बाढीको गति नेपालमा हालसम्मकै तीव्र रहेको विज्ञहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद् दिनकर कायस्थका अनुसार टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा बाढीको गति प्रतिसेकेन्ड करिब १५ मिटर अर्थात् प्रतिघण्टा ५४–५५ किलोमिटर पुगेको थियो। उनले यसलाई ‘महारौद्र’ र अत्यन्त विनाशकारी बहाव भन्दै यसको विस्तृत अध्ययन भइरहेको बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

