नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप–२०२६ का खेल अनधिकृत रूपमा प्रसारण गर्न तयारी गरेका ३५ वेबसाइट र एप बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। सूचना तथा सञ्चार मन्त्रालयको पत्रपछि प्राधिकरणले यस्तो कदम चालेको हो। आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स र डिगो ब्रोडकास्टिङ कन्सोर्टियमसँग रहेको छ। केही वेबसाइट तथा एप बन्द हुने प्रक्रिया सुरु भइसकेको छ।


