अविरल वर्षापछिको पहिरोमा परी रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोमा अझै पाँच जना बेपत्ता छन् भने दुई जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ। बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। लगातार वर्षा र लेदोसहितको पहिरोका कारण उद्धारमा कठिनाइ भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

