भारतले नेपाली विद्युत् प्राधिकरणलाई भारतीय इनर्जी एक्सचेन्जमार्फत ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न दिएको अनुमति नवीकरण गरेको छ। ढल्केवर–मुजफ्फरपुर र टनकपुर–महेन्द्रनगर लाइनमार्फत आरटीसी मोडमा विद्युत् आयात हुनेछ। यसले हिउँदयाममा माग–आपूर्ति व्यवस्थापन सहज बनाउनेछ।


