फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ मा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो। जर्मनी विश्वकप इतिहासमै पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो।


