जल तथा मौसम विज्ञान विभागले चैत ६ र ७ गते लुम्बिनी र कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने चेतावनी दिएको छ। हावाको वेग ११९ किमि प्रतिघण्टासम्म पुग्न सक्नेछ। रुख ढल्ने, संरचना क्षति र विद्युत सेवा प्रभावित हुने जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।


