नेपाल आयल निगमले अन्तरराष्ट्रिय प्रशोधित पेट्रोलियम मूल्यका आधारमा स्वदेशी मूल्य निर्धारण हुने जनाएको छ। कच्चा तेलसँग तुलना गरेर इन्धन महँगो भनिनु भ्रामक रहेको उसको दाबी छ। रिफाइनरी नभएकाले प्रशोधित इन्धन आयात गर्नुपर्छ। कर, ढुवानी र भण्डारण खर्चले मूल्य बढ्छ। हाल मूल्यवृद्धिपछि पनि डिजेलमा घाटा रहेको र १५ दिनमा ठूलो आर्थिक दबाब पर्ने निगमले जनाएको छ।


