सर्वोच्च अदालतले इजलासको सुनुवाइ नियमित रूपमा ‘लाइभ स्ट्रिमिङ’ गर्न कार्यविधि बनाउने तयारी थालेको छ। सञ्चार नीति पारित भएपछि सार्वजनिक सरोकारका मुद्दालाई प्राथमिकतामा राखेर प्रत्यक्ष प्रसारण गर्ने योजना अघि बढाइएको हो। गोपनीयता, संवेदनशील मुद्दा र प्राविधिक व्यवस्थालाई समेट्ने स्पष्ट मापदण्ड तयार पारेर मात्रै सेवा कार्यान्वयन गरिने अदालतले जनाएको छ।


