लगातार चौथो कारोबार दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक १.५४ अंक घटेर २७३३ अंकमा पुगेको छ। यद्यपि कारोबार रकम भने बढेर ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन वैशाख १५ यताकै उच्च हो। १०५ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो। सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ।


