बजेटपछि एक दिन घटेको सेयर बजार मंगलबार पुनः सुधारिएको छ। नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको छ। १८३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घट्यो। कुल ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कालिञ्चोक हाइड्रो, सेन्ट्रल फाइनान्स, नेपाल रिइन्स्योरेन्सलगायत कम्पनी उच्च कमाउने सूचीमा रहे।

