राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकुवा गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारीबीच मन्त्रालयमा भएको छलफलपछि निर्णय गरिएको हो । एन्फाले निलम्बन बिनासर्त फुकुवा भएको जनाएको छ । अब फिफाको नियमअनुसार नेपाली फुटबल विकासमा मिलेर अघि बढ्ने सहमति भएको छ ।

