सुकुम्बासीहरूको सुरक्षित र सम्मानजनक व्यवस्थापनको माग गर्दै नेपाल महिला एकता समाज, नेपाल बसोवास र जेनजी मुभमेन्ट अलायन्सलगायत संस्थाले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विपद्पछि होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको अवस्था दयनीय बनेको र सरकारले थप जोखिममा पारेको आरोप उनीहरूको छ। उद्धारकर्तामाथि प्रहरीले धरपकड र कुटपिट गरेको भन्दै प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

