चालु आर्थिक वर्षको १० महिनामा नेपालमा खुद सेवा आय ६८ अर्ब २२ करोड रुपैयाँ घाटामा रहेको छ। भ्रमण आय घटेर ७४ अर्ब १८ करोडमा सीमित हुँदा भ्रमण व्यय १ खर्ब ७७ अर्ब पुगेको छ। शिक्षातर्फको बाह्य खर्च पनि बढेको छ। आयभन्दा खर्च बढी हुँदा पर्यटन क्षेत्रबाट हुने आम्दानी दबाबमा परेको छ।


