आईसीसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शनपछि नेपाली क्रिकेटरहरूको वरीयतामा सुधार भएको छ । सन्दीप लामिछाने बलिङमा ३७औँ स्थानमा पुगेका छन् भने ललित राजवंशी ५४औँ र दीपेन्द्रसिंह ऐरी ७९औँ स्थानमा उक्लिएका छन् । अलराउन्डरतर्फ दीपेन्द्र २५औँ र गुल्सन झा ८७औँ स्थानमा पुगेका छन् । नेपालले अब अन्तिम खेल अमेरिकासँग खेल्नेछ ।


