साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भयो। ३४५ वटा स्क्रिप्सको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँमा कारोबार भयो। उच्च अंकले घट्दा बजारका १३ उपसूचक नकारात्मक भए, तर ६ कम्पनीले सकारात्मक सर्किट देखाए।

